जियाको अपिल



ढाका, (एजेन्सी)
बंगलादेशका पूर्वप्रधानमन्त्री खालेदा जियाले भ्रष्टाचारको अभियोगमा आफूलाई सुनाइएको ५ वर्ष कारवास सजाय विरुद्ध अपिल गरेकी छिन्। उक्त अपिलमा प्रतिरक्षा वकिलहरूले अदालतको निर्णय राजनीतिक पूर्वाग्रह र सरकारको शक्तिबाट प्रभावित भएको आरोप लगाएका छन्। तर सरकारी पक्षले भने त्यो आरोप अस्वीकार गरेको छ।यस अभियोगका कारण वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदका कडा प्रतिस्पर्धी तथा विपक्षी राजनीतिक नेता जियाले आगामी डिसेम्बरमा आयोजना हुने आम चुनावमा भाग लिन नपाउने भएको छ। जियालाई २ लाख ५० हजार डलर अनुदान सहयोग हिनामिना गरेको आरेप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्