बागलुङमा भेटिएको संकास्पद बस्तु सेनाद्धारा डिस्पोज



सिर्जना पन्त, बागलुङ ।
जिल्लाको सदरमुकाम बागलुङ बजारको पुरानो बसपार्कमा भेटिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
पुरानो बसपार्कमा रहेको होन्डा र महेन्द्रको गाडीको स्वरुम अगाडी विहान ८ बजे भेटिएको संकास्पद बस्तु नेपाली सेनाको अर्जुनबाण गणले सो संकास्पद बस्तु डिस्पोज गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आब्हन गरिरहेको समयमा बन्दलाई प्रभावकारी बनाउँनको लागि बम राखिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले बताउँनुभयो । मंगलबार विहानै देखी जिल्लामा बन्दको प्रभाव देखिएको छ ।

बागलुङ सदरमुकाम संगैं जिल्लाका व्यापारिक केन्द्र कुस्मिशेरा, हटिया र बुर्तिवाङमा पनि पसालहरु खुलेका छैनन् । देशका विभिन्न स्थानबाट बागलुङको लागि छुटेका रात्रिकालीन सवारी साधानहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तब्यमा पुराउन लागेको रेग्मीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्