६० कोरस कलाकारका बीचमा प्रियंकाको झट्का



नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सपनीमा आउनेलाई बोलको यो गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन्। मेलिना राईको स्वर रहेको गीतमा दीपेन्द्रनाथ शर्माको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ। महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियोलाई सुदीप बरालले खिचेका छन् भने अर्जुन जीसीको सम्पादन रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियो गोकर्ण रिसोर्टमा खिचिएको हो।

प्रतिक्रिया दिनुहोस्