प्रकाशमान सिंहद्धारा सभापति देउवाको चर्को आलोचना



काठमाडौं (नेस)
नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रको लागि लडेको आफ्नै पार्टी भित्र आन्तरीक प्रजातन्त्रको अम्यास नै नभएको बताउनु भएको छ । सभापति देउवाले पार्टीलाई विधि र नियमसंगत तरीकाले सञ्चालन गर्न नसकेको आरोप लगाउदै उहाले सभापतिले विधान विपरित काम गर्दा हालै सम्पन्न निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्न परेको पनि बताउनु भएको छ ।

‘पार्टी सभापतिले विधान अनुसार दुईमहिना भित्र गरिसक्नुपर्ने काम गरेको भए गत निर्वाचनमा काग्रेसले लज्जासपद हार व्यहोर्नुपर्ने थिएन’ प्रजातन्त्र दिवसको अवसरमा प्राविधिक विद्यार्थि परिषद्ले सोमबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले भन्नुभयो– सभापतिले पदाधिकारी मनोनित गरि केन्द्रिय कार्यसमितिलाई पुर्णता दिनुका साथै पार्टीको आन्तरीक संगठानिक संरचनालाई पुर्णता दिएको भए काग्रेसले यो खालको हार व्यहोर्नु पर्ने थिएन ।

प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउनु भएको हो । आफ्नो भनाई राख्ने क्रममा धेरैजसो समय सभापति देउवाको आलोचना गर्न समय खर्चिनु भएका नेता सिंहले भन्नुभयो– १३औं महाधिवेशन सम्पन्न भएको वित्दासमेत पार्टी्भित्र पदाधिकारी, विभाग र केन्द्रीय समितिको विस्तार हुन नसक्नु दुःखद कुरा हो । काग्रेसको २०७२ फागुन अन्तिम साता सम्पन्न महाधिवेशनबाट देउवा पार्टी नेतृत्वमा निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा काग्रेस नेता सिंहले एकतन्त्रीय राणा शासनलाई परास्त गरेर जनताको शासन स्थापना गर्न कांग्रेसको ठूलो भूमिका रहेको भन्दै कांग्रेसको पुरानो विरासत जोगाउन आवश्यक रहेको पनि बताउनु भएको थियो । संसदीय दलको नेतामा समेत सभापति देउवालाई सर्वसम्मत हुन नदिने बताउदै आउनु भएका नेता सिहले संसदीय दलको नेतामा सभापतिको विकल्प बारेमा पनि छलफल भैरहेको बताउनु भएको थियो । प्रतिनिधिसभामा कुल ६३ जना सदस्य रहेको काग्रेसभित्र संसदीय दलको नेतामा सभापति देउवाले नै हुने बताइदै आएको छ । संसदीय दलमा सभापति निकटका सांसदहरुको वर्जश्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्