गुम्बामा आगलागी



ल्हासा, (एजेन्सी)
चीनको ल्हासास्थित तिब्बती बौद्ध समुदायको सबैभन्दा महत्वपूर्ण र्धािमक स्थल अर्थात जोखांग गुम्बामा आगलागी भएको छ। अनलाइनमा पोस्ट गरिएको फुटेजमा छतबाट आगोका लपका र धुँवाको मुस्लो निस्किरहेको देखिने सो गुम्बाको कम्तिमा एउटा पैगोडा ध्वस्त भइसकेको देखिन्छ। चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले शनिबार राति शुरू भएको आगलागी चाँडै नै निभाइएको र सो दुर्घटनामा कोही पनि हताहत नभएको जनाएको छ। साथै सञ्चार माध्यमले यस आगलागीमा साँस्कृतिक अवशेषहरूमा क्षति नपुगेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्