बलत्कारको आरोपमा युवक पक्राऊ



दयाराम पण्डित, बाजुरा ।
बुढीगंगा नगरपालिका ७ झालीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेका दुई आरोपी युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान घरबाट घरयासी सामान किन्न बेतालमाण्डौं जाँर्दै गर्दा गाउँका दुईजना युवाले बाईकमा लिईदिने भन्दै बार्जुगाडु जंगलमा लिएर बलत्कार गरेको आरोप बालिकाले लगाएकी छन्।

सडकबाट जंगलमा लिएर बुढिगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्टले बलत्कार गरेको र केही पर रहेको नाथ होटको कोठामा लिएर २२ वर्षीय शुनिल विकले समेत करणी गरेको आरोप सहित पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मार्तडीमा दिएको उजुरीमा उललेख छ ।

बलत्कारीको अभियोगमा आरोपित दुुबैजनाले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले न्यायको लागि जिल्ला प्रहरी कार्यलय मार्तडीमा उजुरी दिएको बताएकाछन् ।

आरोपीतले ‘दाईको नाम पारेर फलानोको बहिनी होईनौँ र हामी तिमीलाई चिन्छौ हिड बाईकमा पु¥याई दिन्छौँ छिटो हुन्छ भन्दै जिद्दी गरे । मैलेपनि छिटो पुगिने आशगरी बाइकमा चढेकी हुँ।’ पिडीत बालिकाले भनिन् ।
‘म रुदा कराउँदा सुन्ने मान्छे कोही भएन । मेरा दुबै हात र मुख समातिएकाले उम्कीन सकिन, फेरीपछि ति दुुबै अपराधीहरुले कसैलाई केही भनिस् भने तँलाई चक्कुले हानी मारीदिन्छौँ ।’ बालिकाले रुदै भनिन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा गरिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले भने ः‘आरोपीतलाई शुक्रबारनै गिरफ्तार गरी घटनाबारे अनुसन्धान भैरहेको ले केही भन्न नमिल्ने बताए । यस बर्ष यस अगाडी समेत दुइ जबरजस्त करणीको मुद्धा चलेको छ।

प्रतिक्रिया दिनुहोस्