हाइड्रोजनको नयाँ स्रोत



टोक्यो, (एजेन्सी)
जापानका एक वैज्ञानिकले अण्डाको सेतो भागबाट कार्बनरहित ऊर्जा विकास गर्न सक्ने दाबी गरेका छन्। ओसाका सिटी युनिभर्सिटीमा प्रोफेसर युसुके यमादाले अण्डामा रहेको प्रोटिन स्रोतलाई एक टुलका रूपमा हाइड्रोजन निर्माणमा प्रयोग गर्न सकिने बताए। स्वच्छ बिजुलीका लागि अण्डाको सेतो भागबाट हाइड्रोजन उत्पादनको प्रमुख स्रोतका रूपमा प्रयोग गर्न सकिने उनले बताए। यो नयाँ विधिबाट पानीबाट हाइड्रोजन निर्माण गर्ने आफ्नो अन्तिम लक्ष्य पनि हासिल हुने उनले दाबी गरे। हाल हाइड्रोजन ग्यास उत्पादनमा अहिले जीवाशेषाट बनेका खनिजको प्रयोग हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्