सोनाक्षीको जवाफमा सोनमले माग्नु पर्यो माफी



बलिउडमा पनि अनेक रमाइला घटना हुन्छन्। हालैको एक घटनामा बलिउड सुन्दरीले दिएको एक अन्तरवार्ताका कारण अर्की सुन्दरी सोनम कपुरले माफी माग्नुपरेको छ।

हालै बलिउड अभिनेतृ सोनाक्षी सिन्हा आफ्नो फेसन डिजाइनर साथी मनीष मल्होत्राको साथ एक भारतीय टेलिभिजन टक शोमा पुगेकी थिइन्। कार्यक्रममा उनलाई प्रस्तोताले केही प्रश्न सोधेकी थिइन्, जसको जवाफ उनले निकै सही तरिकाले दिँदै गइरहेकी थिइन्।

तर, एक प्रश्नको जवाफ यसरी दिइन्, जसका कारण बलिउडकी अर्की नायिका सोनम कपुरले सामाजिक सञ्जालमार्फत माफी नै माग्नु पर्यो। सोनाक्षीलाई बलिउडमा त्यस्तो कोही व्यक्ति छन्, जसले तपार्इं कसैले एटिट्युड देखाएका छन् भन्ने प्रश्नमा उनले निकै हतारिएर जवाफ दिँदै भनिन्– ‘सोनम कपुरले एकपटक काफी एटिड्युड देखाएकी थिइन् र मलाई लागेको थियो कि यो बिनाकारण हो।’

त्यसपछि सोनम कपुरले ट्विटरमा लेखिन्– ‘सोनाक्षी म तिमीप्रति सधैं नम्र नै छु। मलाई याद छैन मैले कहिले तिमीलाई एटिड्युड देखाएँ भनेर, यदि तिमीलाई त्यस्तो लाग्छ भने मलाई माफ गर।’

प्रतिक्रिया दिनुहोस्