प्रधानमन्त्री आज बालुवाटार सर्ने



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार बालुवाटार सर्नुहुने भएको छ। प्रधानमन्त्री भएको तीन दिनपछि ओली बालुवाटार सर्न लाग्नुभएको हो। ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार ४ बजे प्रधानमन्त्री ओली बालुवाटार सर्ने बताउनुभयो।

आन्तरिक तयारी भइरहेकाले सर्न केही समय ढिलाइ भएको बताइएको छ। ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ खानुभएको थियो। शपथपछि पनि ओली आफ्नै निवास बालकोटमा बस्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्