देउवा सरकारको व्यापार घाटा – ६ महिनामै ७२ अर्ब



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा मुलुकले चरम व्यापार घाटा व्यहोरेको छ ।

गएको जेठको अन्तिम साता प्रधानमन्त्री भएका देउवाले ९ महिना मुलुकको नेतृत्व समाले । उनले नेतृत्व गरेको ६ महिनामै मुलुकमा करिब ७२ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

व्यापार घाटा अहिले ४ खर्ब ९३ अर्ब ४२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैकका अनुसार यो आकडा गत वर्षको तुलनामा १४ दशमलव ८ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७३र७४ सम्म मुलुकमा ४ खर्ब २९ अर्ब ८७ करोड रुपेयाँ व्यापार घाटा थियो । ६ महिना यता त्यसमा ७१ अर्ब ४० करोड रुपैयाँ बढेको छ ।

आव २०७२र७३ मा त्यस्तो व्यापार घाटा २ खर्ब ५० अर्ब ८५ करोड रुपैष्याँ थियो । व्यापार तथा निकासी प्रवर्दन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो ।

पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाँदा व्यापार घाटा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्