को बन्छ करोडपति आउँदै



काठमाडौं, (नेस)
प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बी मिलिनियर’ को आधिकारिक लाइसेन्स प्राप्त गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रम नेपालमा पनि प्रसारण हुने भएको छ। कार्यक्रम एपी वन एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रायोजनमा नेपाल आउन लागेको हो।

कार्यक्रमको प्रस्तोताको रूपमा महानायक राजेश हमाल हुने कम्पनीले जनाएको छ। यो कार्यक्रममा दर्ता खुलेपछि आईभीआर तथा एसएसएसद्वारा प्रतियोगी छानिन्छन् र तीमध्ये १० जना फास्टेस्ट फिंगरका माध्यमबाट छिटो जवाफ मिलाउने हट सिटमा पुग्नेछन्। खेलका बीचमा खेलाडी सहजताका लागि अडियन्स पोल, ५०–५० र फोन–अ–फ्रेन्ड गरी ३ वटा लाइफ लाइन उपलब्ध गराइने छ।

कार्यक्रममा सहभागी बन्न इच्छुकले मोबाइलको एप स्टोरमा उपलब्ध केबीसी नेपाल एप डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गर्न सक्नेछन्। एप खेल्दा पनि खेल्नेहरूले रकम तथा उपहार जित्न सक्ने एसआरबीएन मिडियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्