विकास पत्रकारीता सम्मान वरिष्ठ पत्रकार मैनालीलाई



नेपाल समाचारपत्र, काठमाडौैं ।
वरिष्ठ पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित हुनुभएको छ । विकास पत्रकार मञ्च (फोडेज)को विहिबार राजधानीमा आयोजित एक समारोहमा उहाँ सम्मानित हुनुभएको हो ।

लामो समयदेखि पत्रकारिताको माध्यम मार्फत विकासको क्षेत्रमा कलम चलाउनु भएको भन्दै उहाँलाई यस वर्ष सम्मान गरिएको मञ्चका अध्यक्ष गोपिकृष्ण ढुंगानाले बताउनुभयो ।

विकासको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार मध्य एक यो सम्मानबाट सम्मानित हुने अध्यक्ष ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो–‘विकासको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारलाई हौसला बढौँनका लागि हरेक वर्ष यो सम्मानबाट सम्मानित गर्दै जानेछौँ ।’

मञ्चले यस विधामा सम्मान गर्दै आएको यो दोस्रो पटक हो । पहिलो पटक यस सम्मानबाट पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा सम्मानित हुनुभएको थियो ।

मञ्चले आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश थपलिया लगायत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा समावेशी पुनर्निर्माणमा सञ्चार माध्यमको भूमिका विषयक अन्तक्र्रिया समेत भयो ।

प्रतिक्रिया दिनुहोस्