प्रणय दिवसमा मायाको गीत



प्रणय दिवसको अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियले आफूद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
माया लाउने यही ज्यान हो बोलको यो गीत नवगायक गणेश श्रेष्ठले गाएका छन्। यसअघि उनले केही कभर सङ गाए पनि गायनका हिसाबमा उनको पहिलो गीत माया लाउने नै भएको छ। उनलाई यो गीतमा गायिका सहिमा श्रेष्ठले साथ दिएकी छिन्।

गीतमा दीपक शर्माले संगीत भरेका छन् भने नरेन्द्र योगीको एरेन्जमेन्ट रहेको छ। गीतको म्युजिक भिडियो गीतकार शान्तिप्रिय आफैंले निर्देशन गरेका छन्। गजित विष्ट र अनामीका चौलागार्इंलाई फिचरिङ गरिएको म्युजिक भिडियोमा कोरियोग्राफी गजित विष्टले गरेका छन्। गीतको छायाँकार एवं सम्पादक वीरेन्द्र भाट ‘विपीन’ रेहका छन्। गीत र यसको म्युजिक भिडियो छायाँछवि क्रियसनले बजारमा ल्याएको हो।

भ्यालेन्टाइन डेकै अवसर पारेर गीतकार अम्बिका गुरुङले पनि रोमान्टिक गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। आदत बोलको गीतमा गायक सुमन केसीको स्वर र शंकर थापाको संगीत रहेको छ।

अर्जुन अधिकारीद्वारा निर्देशित यसको म्युजिक भिडियोमा नायक पल शाहले मोडल तथा अभिनेतृ सन्ध्या केसीसँग रोमान्स गरेका छन्। हरि हुमागाईंद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्