एउटा मोबाइल किन्दा अर्को सित्तैंमा



काठमाडौं, (नेस)
प्रेम दिवसको अवसरमा केएल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ।

मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको हो। मेलाको शुरूवात गर्दै मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताको गोलाप्रथा खोलेको छ।
मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित अफरभित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो। फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्नेछ।

त्यस्तै मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रूपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपियाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्