भक्तपुरमा बाघले बच्चा खायो



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको सूर्र्र्यिवनायक नगरपालिका–७ गुण्डु पानीट्याङ्कीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो साँझ पसल गएर फकिर्ने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा सिरिश तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको थाहा भएको छ ।

पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीयबासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साँढे १० बजे बालकुमारी सामूदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रबत्ता कृष्ण प्रसाईले बताउनुभयो ।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जङ्गलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीले बताएको छ ।
टाउको छिनेको, दुबै तिघ्रा नभएको बालकको शव फेला परेको र उक्त घटना जंगली जनावरको आक्रमणबाट हुन सक्ने र शव निज सिरिश तामाङको हो भनी अनुसन्धानको क्रममा खुल्न आएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

बाघले बालकको शरीरको बिभिन्न भाग खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

बाघले बालक खाएको घटना पछि स्थानीय बाटो हिडडुल गर्न समेत भयभीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्