आज महाशिवरात्रीः देशभरका शिवालयमा दर्शनार्थीको भीड



नेपाल समाचारपत्र, काठमाडौँ ।

महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

तस्बिरमा महाशिवरात्री
महाशिवरात्रीको अवसरमा भगवान शिवको दर्शन गर्न पुगेका साधुहरु सोमबार अपरान्ह पशुपति क्षेत्रमा । तस्बिरः रत्न श्रेष्ठ रासस ।

 

प्रतिक्रिया दिनुहोस्