धुर्मुस–सुन्तली फाउन्डेसनलाई १ लाख सहयोग



नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन पाइलट गंगाप्रसाद (जीपी) रिजाल र उनकी धर्मपत्नी गंगा रिजालले शनिबार धुर्मुस–सुन्तली फाउन्डेसनलाई १ लाख रुपियाँ प्रदान गरेका छन्। रिजाल दम्पतीले १ लाख रुपियाँ बराबरको चेक फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुसु लाई फाउन्डेसनको कार्यालय पुरानो बानेश्वरमा हस्तान्तरण गरे। पत्रकार बलराम प्यासीको पहलमा रिजाल दम्पतीले फाउन्डेसनलाई सो रकम उपलब्ध गराएका थिए।

पछिल्लो समयमा बाढी प्रभावित रौतहटको चन्द्रपुर नगरपालिका–८ को एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरी २३ माघमा सम्बन्धित बासिन्दालाई हस्तान्तरण गरेपछि धुर्मुस राजधानी फर्केका थिए। एकीकृत बस्तीका घर बनाएर हस्तान्तरण गरिसक्दा पनि उनलाई ७० लाख रुपियाँ अपुग भएको थाहा पाएपछि आफूहरूले सानो रकम सहयोग जुटाइदिएको भन्दै थप सहयोग जुटाउन रिजाल दम्पतीले शुभचिन्तकहरूसँग आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्