बैठक बस्ने



जोहानेसवर्ग, (एजेन्सी)

दक्षिण अफ्रिकाको सत्तारूढ एएनसी पार्टीका नेताहरूले राष्ट्रपति ज्याकोब जुमाको भविष्यबारे निर्णय गर्न बैठक बस्ने भएका छन्। अफ्रिकाका लागि बीबीसीका पत्रकार एन्ड्रयु हार्डिङले सोमबार राष्ट्रिय कार्यकारिणी समिति (एनइसी)ले ज्याकोबलाई पद त्याग्न आग्रह गर्ने सम्भावना रहेको बताएका छन्। एएनसीका अध्यक्ष सिरिल रामाफोसाले अघिल्लो दिन दक्षिण कोरियाको यो विषले अन्योल, अस्थिर र असहमतिको वातावरण सृजना गरेको प्रतिक्रिया दिएका थिए। ७५ वर्षीय जुमाविरुद्ध नौ वर्षसम्म सत्तामा रहेका बेला थुप्रै भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्