बद्री र प्रिया कान्छाकान्छी



गुल्मी, (नेस)।
गायिका प्रिया भण्डारीले आफ्नो गीत कान्छा सार्वजनिक गरेकी छन्। हालै बजारमा आएको लोकदोहोरी गीत कान्छी ओई कान्छीमा गायिका प्रियाले कान्छाको रूपमा लोकप्रिय गायक बद्री पंगेनीलाई कान्छा भन्दै सार्वजनिक गरेकी हुन्। गीति कहानीमा कान्छाको रूपमा बद्री र कान्छीको रूपमा प्रिया प्रस्तुत भएका छन्। पछिल्लो समयमा गायक पंगेनी र गायिका भण्डारीले स्वर दिएको कान्छी ओई कान्छीले गीत सार्वजनिक गरेको केही दिनमै निकै चर्चा बटुलेको छ।

माया प्रेममा दुई प्रेमीबीचको रमाइलो कथावस्तु गीतमा रहेको गायिका प्रियाले बताइन्। दुई प्रेमिका माया प्रेमका मीठा छेडहरू गीतको मुख्य कथावस्तु रहेको गायिका प्रियाको भनाइ छ र लोकप्रिय गीतकार एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बजारमा आएको उक्त गीतलाई सितारा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ। यसको म्युजिक भिडियोमा शंकर बीसी र रश्मी तामाङको अभिनय रहेको छ।

बालकलाकारहरूको नृत्य रहेको गीतको म्युजिक भिडियो शंकर बीसीले निर्देशन गरेका हुन्। छायांकन भने दुर्गा पौडेलले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्