पाल्पामा पहिलोपटक लिफ्टसहितको होटल



पाल्पा, (नेस)
पाल्पामा पहिलो पटक लिफ्ट प्रविधिसहित सुविधा सम्पन्न होटलको शुरूआत भएको छ। पाल्पा पर्यटकीय नगरी र सुन्दरताको परिचायक बनेसँगै यहाँ पर्यटकको आवागमन बढाउनका लागि होटलको शुरूआत गरिएको सञ्चालकले बताएका छन्।

होटलमा जिल्लामै पहिलो पटक लिफ्ट प्रविधि जडान भएकाले पनि ग्राहकको माग बढ्ने कुरामा सञ्चालक विश्वस्त छन्। होटल ताज नामाकरण गरिएको सो होटल टुँडिखेल छेउमै सञ्चालनमा आएको हो। १६ करोड रुपियाँको लगानीमा स्थापना गरिएको होटल २४सै घण्टा सेवा उपलब्ध हुने सञ्चालक मुक्ति जिसीले बताउनुभयो।

जिल्लामा वर्षेनि करोडका लगानीमा होटल सञ्चालनमा आए पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सेवा सुविधा अनुरूप होटल थिनन्। होटलमा फरक पहिचान, फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको दाबी गरिएको छ।

होटलले ५० जनालाई रोजगारीको अवसरसमेत प्रदान गरेको छ। सुविधा सम्पन्न १५ कोठासहितको होटलमा डिलक्स रुममा हनिमुन स्वीटको सुविधा, पाल्पालाई चिनाउने रानीहल, एसियाकै सबैभन्दा ठूलो ढोकासहितका बेड, स्थानीय परिकारको स्वादमा अन्डर ग्राउन पार्किङ, सभाहल, टिभी, फ्रि वाईफाई अनलाइन बुकिङ, २४सै घण्टा रुम सर्भिस, टुर प्याकेज, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको छ।

प्रतिक्रिया दिनुहोस्