पुटिन चुनावमा



मस्को, (एजेन्सी)
रसियाका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित ८ जना नेता त्यहाँको राष्ट्रपतीय चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी १८ मार्चमा हुने राष्ट्रपतीय निर्वाचनमा तिनीहरू प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा भएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठै जना उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ। उम्मेदवारी दर्ता गराएकामध्ये एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्। रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलका तर्फका प्रत्येक उम्मेदवारले कम्तीमा १ लाख मतदाताको हस्ताक्षर बुझाउनै पर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्