अझै पनि जिर्ण भवनमै बिद्यार्थी



बजेट अभावका कारण भूकम्पबाट क्षती भएको बिद्यालयको जिर्ण भवन अहिलेसम्म पनि निमार्ण हुन सकेको छैन ।

गणेश घिमिरे, इलाम ।

भूकम्पबाट क्षती भएको बिद्यालयको जिर्ण भवनमा बसेर अध्ययन गर्न भगवती माध्यमिक विद्यालयका बिद्यार्थीहरु बाध्य भइरहेका छन् । २०६८ साल बैशाख १ गते र २०७२ साल बैशाख १२ गते गएको शक्तिशालि भूकम्पबाट इलाम सन्दकपुर गाउँपालिका ५ जमुनामा रहेको भगवती माबिको जिर्ण भवनमा ज्यान जोखिम पारेर बिद्यार्थीहरु पठनपाठन गर्न र शिक्षकहरु पढाउन बाध्य भइरहेका हुन् ।

राणा शासन कालमा नै शिक्षाको ज्योती छर्न २००५ सलामा स्थापना भएको यो विद्यालयमा पटक÷पटकको भूकम्पका कारण भवन जिर्ण भएपछि जोखिम मोलेर नै पढाउनु पर्ने वाध्यता भएको हो । कतिपय भवनमा अस्थाई रुपमा ढुंगा लगाइएकाले झरेर विद्यार्थी र शिक्षकलाई लाग्ने खतरा छ । विद्यालय स्थापना भएको केहिपछि बनेको पुरानो भवन र नया“ बनेका भवन पनि जिर्ण अवस्थामा छन् । शान्ति मन्त्रालयमार्फत निर्माणाधिन पक्की भवन पनि बजेट अभावमा निर्माण पूरा हुन सकेको छैन । विद्यालयका सात वटा भवनमध्ये छ वटा जिर्ण र एउटाको निर्माण कार्य पूरा नहुदा समस्या भएको हो ।

यो विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर कक्ष र लाइब्रेरी पनि भवनको अभावमा अव्यवस्थित अवस्थामा छ । भुकम्पका कारण दुईवटा भवनमा पठनपाठन गर्न नमिल्ने अवस्था रहेको प्रधानाध्यापक जनकराज सापकोटाले वताए । ‘निर्माण थालिएको र जिर्ण भवनलाई मर्मत गर्न सके सहज ढंगले पठनपाठन हुन्छ’ उनले भने ‘पुरानो दुई तले भवनको पनि काठ मक्काउन थालिसकेको छ, तर पनि विद्यालयको प्राथमिक कक्षा र कार्यालय सञ्चालनसहित कम्प्युटर कक्ष त्यही राखिएको छ ।’ यो भवन ऐतिहासिक भएकाले संरक्षण गरेर राख्नु पर्ने सन्दकपुर गाउ“पालिका अध्यक्ष उदय राई बताउँछन् ।

‘रेक्टोफिटिङ’ मार्पmत यसको संरक्षण गर्दै यसको ऐतिहासिकता कायम गर्ने क्रममा अहिले गाउँपालिका कार्यालय रहेको राईले बताए । योस“गै गाउ“पालिकाका पूराना ऐतिहासिक विद्यालय भवनलाई यस्तै प्रविधिवाट सुरक्षित गरिने छ । राणा शासन कालमा नै मस्थापना भएका कारण विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत तीनकोठे पक्की भवन बनेको छ । त्यसको माथिल्लो तलमा शान्ति मन्त्रालयमार्फत थप तीन वटा कोठा निर्माण थालिए पनि बजेट अभाव भएको छ ।

किस्ताबन्दीमा रकम आउने र बर्षेनी निर्माण सामाग्रीको मूल्य बढेका कारण पूरा गर्न नसकेको प्रधानाध्यापक सापकोटाले वताए । यो भवनका लागि ९ लाख रुपैया“ आए पनि अब १४ लाख रुपैया“ भए निर्माण पूरा हुने बताइएको छ । यसको कूल लागत १८ लाख रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्