अनुसन्धान सार्वजनिक



यांगुन, (एजेन्सी)
रोयटर्सले शुक्रबार म्यान्मारको अल्पमत मुस्लिम समूह रोहिंग्याको सामूहिक मृत्युदण्डमाथिको विस्तृत अनुसन्धान सार्वजनिक गरेको छ। साथै रोयटर्सले यस अनुसन्धानको सिलसिलामा आफ्नो दुई पत्रकारलाई म्यान्मारमा गिरफ्तार गरेको जानकारी दिएको छ। म्यान्मारको आधिकारिक गोप्य कानुन उल्लंघन गर्दै वा लोन र क्या सियओ ओमाथि मुद्दा चलाइने भएको छ। रोयटर्सले गत वर्ष रखाइन राज्यमा अवैध ढंगले दस जना रोहिंग्यालाई मारिएको प्रमाण फेला पारेको दाबी गरेको छ। रोयटर्सका प्रधान सम्पादक स्टेफन जे एडलरले आफ्नो दुवै पत्रकारले जनहितका लागि काम गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्