विरहीले ल्याए टालाटुली बाटुली



गायक सूर्यबिरही साउद र रश्मी रिजालद्वारा स्वरवद्ध र अराज केशवको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ। टालाटुली बाटुली नाच मेरी पुतली बोलको फरक शैलीको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको हो।

टालाटुली बाटुली नाच मेरी पुतली बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरी पहिलोपटक तयार पारिएको फरक शैलीको देउडा फ्युजन डान्सिङ गीत हो। सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरू बालपनका बेला दौतरीहरूसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाइलो गरी खेल खेल्ने चलन छ। काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छायांकन गरिएको म्युजिक भिडियो बसिबियाँलो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा ल्याएको हो।

विक्रम चौहानको निर्देशन रहेको टालाटुली बाटुली नाच मेरी पुतली म्युजिक भिडियोमा शेर साउँद, करिश्मा ढकाल र करन साउँदले अभिनय गरेका छन्। बी स्टार फिल्मस् कम्पनीले तयार पारेको म्युजिक भिडियोमा छँयांकन प्रकाश खड्का र मिलन विकको सम्पादन रहेको छ। सूर्यबिरही साउँद, तिलक ओली र योगेश बुढाको रचना रहेको गीतमा संगीत सूर्यबिरही साउदको रहेको छ। संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।

सूर्य बिरहीले यसअघि सुदूरको चेलो म त, म त भैंसी गोठालो, बाध्यताले पठाउन लाग्यो परदेश, नरो मेरी सुवाँ, प्रीति फूल सारी दे, बिन्ति शैलेश्वरी, वनमारा वनैभरि छ, तेरो मेरो माया बबाली, जन्मभूमिको माया, यो लोटाउनो रांगोलगायतका दर्जनौं चर्चित गीत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्