गुल्मीको खरबाङ्गमा लागेको डढेलो नियन्त्रणमा



अनिल खत्री, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरमा जंगलमा लागेको आगोलागि नियन्त्रणमा आएको छ । कुर्घाको मालिकाबाट,तिम्ले खर्कहुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजि खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ्ग जंगल सम्म पुगेको हो ।
आगो स्थानिय,नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीले नियन्त्रणमा लिएपछी जोखिम अबस्थामा रहेका बस्तीमा समस्या नरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । बिहिवार दिउँसोबाट लागेको आगो आपचौरको बस्ती नजिकै पुगेसँगै स्थानिय निकै त्रसित बनेका थिए ।

स्थानियले आगो निभाउने प्रयास गरेपनि झण्डै ४ किलो मिटर फैलिएको र केहि भाग भिर समेत भएकाले नियन्त्रणमा लिन कठिनाई भएकोले जंगलबाट नजिकै २५ घरधुरी जोखिमा थिए । स्थानीयवासीहरुले आगोलागि नियन्त्रणको प्रयास गरेपनि सुकेको खर भएकाले कठीनाई भएपछी जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको थियो ।

बस्ती नजिकैको आगो पुरै नियन्त्रणमा आएको छ , प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘अन्य स्थानमा रहेको आगोपूर्ण रुपमा नियन्त्रण लिन सुरक्षाकर्मी आगोलागी स्थलमै खटिएका छन् ।’ आगो नियन्त्रणमा लिन मुसिकोट नगरपालिका नगर प्रमुख सोमनाथ सापकोटा सहित नगरपालिकाबाट पनि खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्