६ नं प्रदेशको काँग्रेस संसदीय दलको नेतामा शाही



सुर्खेत । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ ।

शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए। अन्य संसदीय दलका पदाधिकारीको अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए ।

नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुन् ।

पार्टीले अनपेक्षित हार व्यहोरेपछि उनले अहिले दलको नेतामा चित्त बुझाउनुपरेको छ । यो प्रदेशमा काँग्रेसका छ जना प्रदेश सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्