रूपन्देहीमा कुस्ती शुरू



नेपाल समाचारपत्र
भैरहवा
तराईमा परम्परागत रूपमा खेलिँदै आएको कुस्ती खेल रूपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित मझौलीमा बिहीबारदेखि शुरू भएको छ।अन्तर्राष्ट्रिय कुस्ती महा–मुकाबला तथा भोजपुरी महोत्सव–२०७४ नाम दिएको खेलमा नेपाल र भारतका पहलवानहरूले प्रतिष्पर्धा गरिरहेका छन्।
मधेसमा पुरातनकालदेखि सर्वाधिक चर्चित खेल कुस्तीको संरक्षण तथा भोजपुरी भाषा, कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले स्थानीय बजंरग समितिको आयोजना तथा जिल्ला कुस्ती संघ, रूपन्देहीको सह–आयोजनामा प्रतियोगिता शुरू भएको हो। २७ गतेसम्म चल्ने प्रतियोगितामा हिजो भएका विभिन्न विधाका खेलमा नेपाली पहलमानले वर्चश्व जमाएका छन्। आयोजकका अनुसार शुक्रबार ५० हजार राशिको तृतीय पुरस्कार र ७५ हजार राशिको दोस्रो पुरस्कारका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५ लाखबराबरको सुन जडित गदा, प्रथमले १ लाख १ हजार प्राप्त गर्नेछन् भने सान्त्वनाले १० हजार देखि १ हजार रुपियाँसम्म पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका संरक्षक देवेन्द्र पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्