डिभिजन टू : पाँचाैँ विकेट गयो



काठमाडाैं । १३९ रनको लक्ष्य पक्ष्याएको नेपालले पाँचाैँ विकेट गुमाएको छ । नेपालले खाता खोल्न नपाउँदै दिलिप नाथलाई आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

लन्च लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो । आरिफ शेख खाता खोल्न नपाउदै आउट भए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल पनि १५ रनमा आउट भएपछि नेपालले चौथो विकेट खेर फाल्यो । प्रदिप एेरीलाई पनि ६ रन मात्र बनाएर अाउट भएपछि नेपालको खेल धरमराएको छ ।

२३ अोभरको समाप्तिमा नेपालले ५३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्