जागिर लगाइदिने भन्दै प्रहरीले नै पारे युवती बेपत्ता



कृष्णउदास खनाल, वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ निवासी स्व. जयराम गिरीको १४ बर्षिय छोरी काजल गिरीलाई गत असोज २९ गते घरबाट हराएकोे परिवारले दाबी गरेका छन् ।

बेपत्ता भएकी काजलले प्रयोग गर्दै आएको मोबाईल नम्बर ९०४२२९३२ र ९८०७१४१२७३ को कल विवरण निकाल्दा सोहि वडामा बस्ने नेपाल प्रहरीमा कार्यरत रहेका प्रेम बैठा धोबिले नेपाल प्रहरीमा जागीर लगाइदिने प्रभोलनमा लिएर फरार भएको परीवारजनले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । हाल बैठा कार्यरत रहेका सिन्धुलीको नेपाल प्रहरीको मध्य क्षेत्रिय तालिम केन्द्रमा खोजतलास गरेपछि तालिम केन्द्र बाहिर बैठाले ३ दिन सम्म एउटा केटिलाई ल्याएर होटेलमा राखेका होटेलवालाहरुले बताएका थिए ।

पिडित काजललाई लिएर फरार भएका बैठालाई केटिका हजुरआमा पार्वती गिरी र हजुरबुबा शार्दा गिरीले पक्राउ गर्नेलाई गत कार्तिक ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा चेलिबेटि बेचबिखनको उजुरी समेत दिएका थिए ।तर जिल्ला प्रहरी कार्यालय पर्साले दोषिलाई पक्राउ गरी ल्याएका थिए । तर सखुवाँ प्रसौनी गाँउपालिकाका प्रमुख प्रदिप जैसवालले आफ्नो जिम्मामा लिई छोडाएका थिए ।काजललाई लिएर फरार भएका ४ महिना बितिसक्दा पनि प्रहरीलाई पक्राउ गर्ने कुनै चासो नदेखाएको परीवारजनले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा काजलका हजुरबुवा शार्दा गिरीले भने, ‘काजललाई नेपाल प्रहरीमा जागीर लगाईदिने प्रलोभनमा पारेर फरार बनाइएको छ । उनले थपे, प्रहरीले पक्राउ गरेपनि राजनीतिक दवाबको कारण दोषिलाई छोडेको बताएका हुन् ।हालसम्म काजललाई प्रहरीले खोजतलाश नगरेको परिवारले आरोप लगाएका छन् ।

युवतीलाई लिएर फरार भएका प्रहरी बैठाले अहिलेसम्म आफुसंगै राखेको परीवारजनले पत्रकार सम्मेलनमा बताए ।पत्रकार सम्मेलनमा फरार काजल कि हजुरआमा पार्वती गिरीले प्रहरीमा खोजतलाश गर्ने भनेर उजुरी दिएपछि बैठाका परीवारले ज्यान मार्ने धम्की दिने गरेको सुनाइन् ।प्रहरीले पनि हालसम्म दोषिलाई कारवाही नगरी संरक्षण दिएको आरोप लगाइन् । यद्यपी पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले घटनाको बिषयमा अनुसंधान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्