मिस राई २०१८ को ताज खोटाङकी एञ्जललाई



रामधन राई, खोटाङ । मिस राई २०१८ को ताज खोटाङ ऐसेलुखर्क–७ की एञ्जल राईले पहिरिएकी छिन् । हाल काठमाण्डौं कपन बसेर विज्ञान विषय लिई कक्षा १२ मा अध्ययनरत एञ्जलले मिस राईको बुधबार सम्पन्न छैटौं संस्करणको ग्राण्ड फिनालेमा ताज पहिरिएकी हुन् ।

भोटिङ तथा प्रस्तुतीको आधारमा सौन्दर्य प्रतियोगितामा उत्कृष्ठ ६ मा परेका अन्य प्रतिष्पर्धीलाई पछि पार्दै एञ्जलले उपाधी चुमेकी हुन् । मंसिर दोश्रो साता आवेदन आव्हान गरिएको मिस राईको फस्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअपको उपाधि भने क्रमशः प्रभा राई, श्रद्धा राई र पवित्रा राईले हात पारेकी छन् ।

मिस राईको टप ६ मा एञ्जल, प्रभा, श्रद्धा, पवित्रा, सिर्जना र सिमस राई आइपुगेकी थिईन् । सौन्दर्य प्रतियोगिता किरातीको नयाँ वर्ष यलेदोङ ५०७८ को अवसरमा किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको हो ।

प्रतिष्पर्धामा कम्तिमा ५ फिट उचाई तथा एसईई उतीर्ण १६ देखि २६ वर्ष उमेर समूहका किरात राई समुदायका कन्याहरुले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्