केपी शर्मा ओली र पुष्पकमल दाहालबीचकाे गोप्य छलफलमा के भयाे सहमति ?



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य छलफल भएको छ । पार्टी एकता र नयाँ सरकारका बिषयमा भएको छलफलको स्थान भने गोप्य राखिएको एमाले स्रोतले जानकारी दियो ।

पार्टी एकताका बिषयमा पछिल्लो समय देखिएका मतभेद र कार्यकर्ता पंक्तीबाट भईरहेको विभिन्न बिश्लेषणलाई मत्थर पार्ने र छिट्टै एक किसिमको निर्णयमा पुग्ने बिषयमा ‘वान टु वान’ बार्ता भईरहेको छ ।

राष्ट्रियसभाको निर्वाचन सकिए लगत्तै एमाले अध्यक्ष ओलीलाई नयाँ सरकार गठनका निम्ति दबाब बढेको छ । एकातिर हालको सरकारले प्रजातन्त्र दिवसपछि मात्रै बाहिरिने तर्क दिदैं आएको छ ।

समय लम्बिदै जाँदा दुवै पार्टीमा विभिन्न बिषयले ठाँउ कब्जा गर्दै गएको छ । पार्टी नेताका विभिन्न अवधारणले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमा आकाङ्क्षा देखाएको पाईन्छ । उता माओवादी केन्द्रका अध्यक्ष दाहाललाई एकिकृत पार्टीको नेर्तत्व नपाए एकता नहुने बिषयमा नेताले दबाब दिदैं आएका छन् ।

समग्र बिषयको छलफलका लागि बिहिबारको बैठकलाई महत्वका साथ लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्