यस्तो त हैन ?



मुलुकको राजनीतिक कोर्स बदलिने क्रममा अनेक अनेक घटनाक्रम देखिन्छन्, सुनिन्छन्। त्यस्तै भइरहेको छ अहिले। मुलुकका नेता मात्रै होइन, छिमेकी दूतहरू पनि खुबै सलबलाउन थाल्याछन्। यताबाट निम्तो नपठाई उतैबाट पाहुना लाग्न थाल्या छन्। आफू अनुकूलकाहरूसँग निकट सम्बन्ध गाँसिरहेका छन्।

छिमेकी दूतसँगको भेटघाटपछि शीतल निवासका सर्वोच्च नेताको शैली पनि केही बद्लिएको धरहराले महसुस गरेको छ। अब त हुँदा–हुँदा दल एकीकरणका लागि सर्वोच्च नेताले आफ्नो निवासमा लन्च र डिनरसहितको जमघट गराउन थालेको देखिने गरेको छ। राष्ट्राध्यक्ष निवास पार्टी मुख्यालय जस्तै बन्न थालेको देख्दा धरहरा छक्क पर्न थाल्या छ।

पार्टी एकताको मन्त्र छिमेकी दूतले शीतल निवासमा छोडेर पो त्यस्तो हुन थाल्या हो कि ? यदि त्यस्तो हैन भने त मुलुकका राष्ट्राध्यक्षले किन एकताका नाममा लन्च र डिनर सहितको जमघट गर्या होला ? आफ्नो पदीय मर्यादा त सर्वोच्च नेतालाई ख्याल हुनुपर्ने हो। कहीं कतै झुक्किए पनि विज्ञ र सल्लाहकारहरूले सुझाउनुपर्ने हो। यसरी बद्लिएको शैली कतै शीतल निवासको बसाइँ थप ४⁄५ वर्ष लम्ब्याउने चाल त हैन ? धरहराले बुझ्न सक्या छैन।

प्रतिक्रिया दिनुहोस्