क्षतिग्रस्त भवनबाट सबैको उद्धार, अझै सयौंको अवस्था अज्ञात



ताइपेइ, (एजेन्सी)
ताइवानमा मंगलबार राति आएको शक्तिशाली भूकम्पपछि पनि पराकम्पन आउने क्रम जारी रहेको छ। भूकम्पका कारण मर्नेको सख्या ६ पुगेको सरकारी अधिकारीहरूले पुष्टि गरेको छन्।

हुलियन शहरमा कयौं भवनहरूलाई ठूलो क्षति पुगेको छ। एउटा भवनमा १ सय ४० भन्दा बढी नागरिकका विषयमा अझै कुनै जानकारी प्राप्त नभएको बताइएको छ। पर्यटकहरूका लागि लोकप्रिय मानिने हुलियनको आवादी करिब १ लाख रहेको छ। हुलियन नगरका बासिन्दालाई तिनीहरूको क्षतिगस्त घरमा नबस्न भनिएको छ र लगातार पराकम्पनका कारण करिब ८ सय नागरिकले सामुदायिक भवनहरूमा आश्रय लिएका छन्।

त्यसै गरी आवासिय तथा व्यवसायिक प्रयोजनमा रहेको युनमेन कुइदी भवन पनि भूकम्पको धक्काले ढल्केको छ। यहाँ रहेका करिब १ सय ४३ जना अझै सम्पर्कमा नरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। आपतकालीन सेवाका लागि जिम्मेवार सरकारी विभागले भूकम्पका कारण क्षति पुगेका भवनमा फसेका करिब सबैलाई निकालिसकेको जानकारी दिए।

६ दशमलव ४ म्याग्निच्युडको उक्त भूकम्पका कारण दुईको मृत्यु भएको र अन्य कैयौं घाइेते भएको ताइवानका अधिकारीहरूले बताएका छन्। घाइतेको संख्या कम्तीमा २ सय पुगेको उनीहरूले जानकारी दिए। भूकम्प स्थानीय समय राति ११ बजेर ५० मिनेट जाँदा आएको थियो।


सामाजिक सञ्जालहरूमा राखिएका तस्वीरहरूमा सडक तथा अग्ला भवनहरूलाई धेरै क्षति पुगेको देखिएका छन्। स्थानीय सञ्चार माध्यमहरूले १० तल्लाको मार्सल होटलको भूमिगत तल्लामा कम्तीमा दुई कर्मचारी फसिरहेको आशंका गरेका छन्। भूकम्प प्रभावित इलाकाका बासिन्दालाई भूकम्पपछिको पराकम्पनका कारण ग्यास चुहावटको सम्भावना समाप्त नभएसम्म घर नफर्कन सल्लाह दिएको छ। हुआलिन दमकल विभागले केही क्षति पुगेका भवनवाट कम्तीमा २८ जनालाई सुरक्षित निकालिएको जानकारी दिएको छ।

भूकम्प र त्यसपछिको पराकम्पनबाट त्रसित बासिन्दाले पार्क, स्कुलका भवनहरूमा र अन्य सार्वजनिक खुला स्थानमा रात गुजारेका थिए। पीडितहरूको उद्धार तथा राहतका लागि आपतकालीन कर्मचारीलाई सहयोग गर्न सेना पनि परिचालन गरिएको छ। भूकम्पले राजमार्ग तथा पुलहरूमा पनि क्षति पुगेको छ।

ताइवानको भौगोलिक स्थिति दुई भूगर्भीय प्लेट एक आपसमा मिलेको स्थानमा भएकाले भूकम्प आइरहने गर्छ।

प्रतिक्रिया दिनुहोस्