टाटा सात नयाँ गाडी बजारमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा व्यावसायिक गाडीको अग्रणी ब्रान्डको रूपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडी (एलपीटी ८१०, एलपीटी १०१०, एलपीटी ९१२, एलपीके ९१२, एलपीटी ११०९, एलपीके १२१२ र एलपीटी १४१२) को व्यावसायिक बिक्री शुरू गरेको घोषणा गरेको छ।

सबै मोडेलका गाडी विशिष्ट कमन रेल डिजेल इन्जेक्सन (सीडीआरआई) इन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाइन र थप विश्वसनीय विशेषताको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन्।

१७ लाख ५० हजार रुपियाँ शुरूवाती मूल्य भएका यी मोडेलका गाडी लाइट ट्रकदेखि ११ टन बोक्ने क्षमता भएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमीदेखि ६.५ क्यूमिक्षमताभएका ट्रिपरहरूको बिक्री शुरूवातगर्ने योजना छ।

कार्यक्रममाबोल्दै टाटा मोटर्सका कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्ररूप मैत्रले भन्नुभयो–‘नेपालमा कमर्सियल गाडीको नम्बर १ ब्रान्ड भएको हैसियतले ग्राहकलाई सधैं विश्वस्तरीय प्रोडक्ट तथा सेवा दिने हाम्रो प्रयास जारी रहने छ। हाम्रा मझौला तथा साना ट्रक बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविधकाममा उपयोग हुने किसिममा विभिन्न लोड धान्ने किसिमका बडी लेन्थ भएका ट्रिपर छन्। नेपालको बाटो सुहाउँदा यी ट्रक त्यही किसिमले डिजाइन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरूले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन्।’

बिक्री शुभारम्भमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो– ‘टाटा मोटर्ससँगको हाम्रो आबद्धता अगष्ट १९८२ देखि नै हो।त्यही बेलादेखि नै टाटा मोटर्सले नेपाली बजारमा आफ्नो स्थान विस्तारै अगाडि बढाइरहेको छ र हामी सिप्रदीले यी प्रोडक्टलाई उच्च गुणस्तर तथा बिक्रीपश्चात्को सेवा उपलब्ध गराई ग्राहकहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी बिक्री वितरण गर्दै आईरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्