बेलायतका सेना प्रमुख नेपालमा, प्रधानसेनापति क्षेत्रीसँग शिष्टाचार भेटवार्ता



काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टरले जङ्गी अड्डामा बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । यसअघि बुधबारनै जंगी अड्डा परिसरमा उनको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अपर्ण गरेको थियोे ।

साथै, जंगी अड्डाभित्र उनलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो । सेनाध्यक्ष जनरल सर कार्टरले पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना हुने गोरखा एटेस्टटेसन परेड अफ गोरखा रिक्रुट इन्टेक २०१८ मा सहभागी हुन बुधबार विहान काठमाण्डौं आइपुगेका हुन् । जनरल सर कार्टर भ्रमण समाप्त गरी माघ २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्