जीर्ण बेलिब्रिजः न संरक्षण न त मर्मत नै



कालीवहादुर मल्ल, कालिकोट ।
१४ वर्षअघिनिमार्ण गरिएको कर्णाली राजमार्ग स्थितकालिकोटको सेरिघाटमा रहेको बेलिब्रिजमर्मत सम्भार नहुँदाजीर्ण अवस्थामापुगेको छ । कर्णाली राजमार्गको खुर्खेत जुम्ला सडकखण्डमा पर्ने तिलानदीमा रहेको बेलिब्रिज पुरानो भएपछिजीर्ण अवस्थामापुगेको हो।

कालिकोटको खाँडाचक्र नगरपालिका र कालिका गाउँपालिका बीलाई जोड्ने तिलानदीको सेरिघाटमा रहेको बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको छ । तर, त्योभन्दाबढीभार भएका मालबाहक गाडी नियमित गुड्दा पुलजीर्ण बन्दै गएको नागरिक समाज कालिकोटकका अगुवा भिमवहादुर रवलले बताए। ‘पुलकाफलामे किलाखियाले खाएर जीर्ण अवस्थामा पुगेकाछ,’ नागरिक समाजका रावलले भने, ‘पुलमा अहिले पनि ठूल–ठूला मालबाहक गाडी नियमित चलिरहेका छन् ।’

तत्कालीन शाही सरकारले ०६० साल भित्र जुम्ला सदरमुकाममा गाडी पु¥याउन आदेश दिएकाले नेपाली सेनाले तिलानदीमा पुल निर्माण गरेको थियो। निर्माण पछि मर्मत र संरक्षणन भएकाले कतिबेल ाभत्किन्छ भन्ने ठेगान नभएको स्थानीय अविसरा विष्ट बताउँछन्। ‘संरक्षण पनि छैन। मर्मत पनि छैन्।’ उनले भनिन, ‘कतिबेला भत्किने हो पत्तो छैन्।’

पुलको दुवैतिरबाट वर्षात्को भलसमेत नतर्काउँदाबाढीले बगाएर ल्याएको माटोले पुलछोपिएको छ।
जसकाकारणपुलकाकिलामाखियालागेको हो। पुलदिनदिनै जीर्ण हुँदै गएपनिमर्मत सम्भारमा कसैको ध्यानगएको छैन।

जीर्ण पुलका कारण दुर्घटना निम्तिने खतरा रहेको निर्माण व्यवसायी गणेश शाही आकासले बताए। बैकल्पिक माध्यमका रुपमा निर्माण गरिएको यस्तापुलको २० देखि २५ वर्ष सम्म मात्र आयु हुने शाही बताउँछन्।

प्रतिक्रिया दिनुहोस्