प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सर्बसम्मत



नेपाल समाचारपत्र, काठमाडौँ । प्रदेश ६ को मुख्यमन्त्रीको विवाद माओवादीले टुंगो लगाएको बताइएको छ ।

पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो । शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले लगायतका प्रमुख नेताहरुले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् ।

उनीहरु यसै सिलसिलामा पश्चिम गएको बताइन्छ । तर, यसको विषयमा औपचारिक घोषणा भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्