सदरमुखकाममै खानेपानीको हाहाकार



खोलाको र कुवाको पानीले जिवन गुजारा चलाउँदै नगरबासी

ललित सिंह, बझाङ ।
जिल्लाको सदरमुखकाम चैनपुरमै खाने पानीको हाहाकार भएको छ । बार्षिक खाने पानी मर्मत भनेर बिभिन्न निकायहरु र जयपृथ्बी नरपालिबाट करौडौ रकम बिनीयोजन गरिन्छ तर उचित काम र ब्यावस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुखकाम चैनपुरमा बस्दै आएका बिभिन्न निकायमा कार्यरत कर्मचारी र बिद्याथीहरुको पढाईमा खाने पानीको ब्याबस्था नहुदाँ नकरात्म प्रभाब पारेको छ ।

चैनपुरमा कोठा भाडामा बसी रहेको छु पानी भर्नको लागी नै एक दुई घण्टा टाढा गएर ल्याएर खानु पर्छ यस्तो खाने पानीको समस्या भए पछि आफ्नो पढाईमा प्रत्यक्ष असर परेको छ खाने पानी त परै जाओस् चर्पीमा पानी हाल्नको लागी पनि नैकै सम्स्या भएको छ यस्ले गर्दा जिल्ला खुल्ला दिशा युक्त भएको पनि कुनै औचित्य नभएको जयपृथ्बी बहुमुखि क्याम्पसका बिद्यार्थी कृष्ण सिंहले बताए ।

निजी बोर्डीङ्ग स्कुल खोलेर चलाएर बसी रहेको छु । होस्टेलमा बस्ने बालबालिकाहरु लाई स्वच्छ पानी पिउन त परै जाओस् हात मुख धुन पनि साहै् समस्या भएको छ । दैनिक पानी दिने ठाउँमा तिन दिन र चार दिन पछि पानी आउने भए पछि अधिकांश स्थानीयहरु खोलाको पानीमा आधारीत छन् । यहाँ बिभिन्न बिकाय मा कार्यरत कर्मचारी र सदरमुखकाम बासीहरुलाई दैनीक पानीको अभाबका कारण बाउली खोलाको दुर्षित पानी पिउन र खान बाध्य भएको खप्तड बोर्डिङ्ग स्कुलका शिक्षक मोहन बिकले बताए ।

नरपालिका र स्थानीय तहको निर्वाचन भैसके पछि मानब जिबनका दैनिकी समस्याहरु त समाधान हुनु पर्ने हो तर यसको ठिक उल्टौ भैरहेको छ । आज भन्दा १० बर्ष पहिलेकै स्थिस्तिमा जिल्लाको सदरमुखकाम चैनपुर छ दिशा गर्न र खाने पानी ल्याउन आफ्रनो ब्यक्तिगत सरसफाई गर्न पुरानै पारमा खोलाको फोहर पानी नै प्रयोग गरिरहेका छन् । मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको नामबाट नामाकृत गरेर बनेको नगरपालिका भन्नु पनि लाज लाग्ने भएको स्थानीय बासी जोग कठायत बताउन्छन् ।

अहिले नगर भित्र खाने पानीको समस्या छ । तर साना तिना योजनाहरु र यो बस्ती भित्र रहेका मुहानहरुलाई ब्यावस्थि गर्ने योजना छ । आफु जनप्रतिनीधि भैसके पछि खाने पानीको समस्या समाधान गर्न पनि नसक्दाँ आफुलाई साहै्र गाहो्र लागेको छ । सदरमुखकाम चैनपुर खानेपानी ब्यावस्थापन का पदाधिकारीहरुलाई लिखित मौखिक जानकारी दिई सकेका छौ । अब नगरपालिका र जिल्लाकै सदरमुखकाम चैनपुरमा खाने पानीको अभाब अबको दिनमा हुन नदिन सम्बन्धित निकायसंग छलफल गरेको बताउनु भयो ।

जिल्लाकै मुटु मानिने सदरमुखकाम चैनपुरमै त खाने पानी को अभाबका कारण सेती नदि र बाउली खोलाको पानी पिउन बाध्य भएका छन् । जिल्लालाई खुल्ला दिशा युक्त घोषणा भैसकेको छ तर खाने पानीको उचित ब्यावस्था नहुदाँ यहाँका स्थानीय बासिन्दाहरु खोलाको पानीले जिवन गुजरा चलाई रहेका छन् । सदरमुखकाममै त खाने पानीको हाहाकार भैरहेको छ भने जिल्लाका बिकट बस्तीहरुको त सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्