मिनीट्रकको ठक्करले पैदल यात्रुको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।
बुधबार बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका ४ चारदोबाटोमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा. २ क. ८००६ नं.को मिनीट्रकले बाटो काट्दै गरेका पैदल यात्रुलाई ठक्कर दिदाँ मृत्यु भएको छ ।

ठक्करबाट घाईते भएका मध्यपुरथिमि नगरपालिका ५ दुईपोखरी बस्ने बर्ष ६६ को जगतकुमार श्रेष्ठको भक्तपुर अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका ८ जगाती बस्ने बर्ष २९ को प्रेम बहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्