अमेरिकी सेयर बजार डाउ जोन्समा किर्तिमान गिरावत



वासिङटन (एजेन्सी)
अमेरिकी सेयर बजार डाउ जोन्स १ हजार १ सय ७३ गिरावटपछि बन्द भएको छ। यो सन् २००८ को वित्तिय संकटपछि एकै दिनमा आएको सबैभन्दा ठुलो गिरावट आएको छ।

डाउ जोन्स ४ दशमलव ६ प्रतिशतको गिरावटसँगै सोमबार २४ हजार ३ सय ४५ दशमलव ७५ अंकमा बन्द भएको हो। एस एन्ड पी ५ सय स्टक इन्डेक्स ३ दशमलव ८ प्रतिशत र नेस्डेक ३ दशमलव ७ प्रतिशतको गिरावटसँगै बन्द भएको छ।

बजारमा विगत केहि महिनासम्म सेयर बजारमा बृद्धी भइरहेको थियो। सेयर बजारमा भइरहेको अत्यधिक बृद्धीलाई लिएर चिन्ता ब्यक्त गरिएको थियो। गोल्डम्यान सेक्सका मुख्य कार्यकारी एन्ड्रयु विल्सनले भने–बजार यो बर्ष उथल पुथल हुनेछ। सेन्ट्रल बैक कम मात्र ऋणपत्र खरिद गरिरहेको छ भने केहि सेन्ट्रल बैकले ब्याजदर बढाइरहेका छन्।

यो गिरावत गत हप्ताको अन्त्यतिर भएको नोक्सान पछि आएको हो। त्यतिबेला तलब बढ्ने सम्बन्धमा आएको आंकडाले ब्याज दर बढ्ने आसंका भएको थियो।

अमेरिकी सेयर बजारमा आएको यो गिरावतको असर एसियाली बजारमा पनि देखिएको छ। जापानको निकेइ सुचकांकमा पनि प्रारम्भिक कारोबारमा ४ प्रतिशत भन्दा धेरै गिरावट आएको छ। त्यसैगरि भारतको सेयर मार्केटमा पनि गिरावत आएको छ।

ह्वाइट हाउसका एक प्रवक्ताले स्टक मार्कटमा समय समयमा गिरावट आउने तर राष्टपति ट्रम्पले अर्थब्यवस्थाको दिर्घकालिन कदममा केन्द्रित गरेको र त्यो असाधारण रुपमा मजबुत बनेको बताए।

ट्रम्पको भाषणको प्रत्यक्ष प्रसारण रोके

टेलिभिजन च्यानलहरुले एक कार्यक्रममा बोलिरहेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको भाषणको प्रत्यक्ष प्रसारणलाई बीचमा रोकेर सेयर बजारमा आएको किर्तिमान गिरावतको समाचार प्रसारण गर्न थालेका थिए। अमेरिकी अर्थतन्त्रले हालै हासिल गरेको सफलतामा यो सबैभन्दा ठुलो गिरावट हो। यसलाई धेरैजसो अमेरिकीका लागि लामो समयसम्म विर्सन नसक्ने घटना हुनेछ। डोनाल्ड ट्रम्पले आफनो प्रचार अभियानका क्रमा डाउ जोन्सलाई लिएर धेरै नकारात्मक टिक्का टिप्पणी गरेका थिए। तर पछि उनी उक्त सेयर बजारको प्रसंसाको पुल बाँधिरहन्थे। उनले ट्विटस, र्याली र गत हप्ताको स्टेट अफ द युनियन भाषणमा पनि यसलाई दोहोर्याएका थिए। कर कटोतीबाट हुने फाइदाको बखान गर्न भ्याइ नभ्याइ भइरहेका ट्रम्पको छवि डाउ जोन्सको गिरावतले एकाएक धमिलो भएको छ।

प्रतिक्रिया दिनुहोस्