प्रमुख विदेशिएपछि उपप्रमुखको रजाईँ



नेपाल समाचारपत्र, ललितपुर । जिल्लाको गोदावरी नागरपालिकामा कानुनी सल्लाहकार नियुक्ति गर्दा आर्थिक चलखेल भएको बताईएको छ । नगरपालिकाका उपप्रमुख मुना अधिकारीले आफूखुशी कानुनी सल्लाहकार नियुक्ति गर्दा चलखेल भएको बताईएको हो ।

केही हप्तादिन अघि मात्रै उपप्रमुख अधिकारीले नगरबोर्ड मै छलफल नगरी आफू खुशी मनोमानी ढंगले बोर्डका कसैलाई थाहा नदिई सल्लाहकार नियुक्त गरेपछिको विवाद उत्कर्शमा पुगेको छ ।

उपमेयर अधिकारीको यो कदम विरुद्ध बोर्डका सदस्यहरुले निरन्तर विरोध गरेपछि झन विवाद बढेको छ । बोर्ड बैठकमा छलफल नै नगरी एक्कासी सल्लाहकार नियुक्त गरेको भन्दै बोर्डका सदस्यहरुले उपमेयर अधिकारीको चर्काे आलोचना समेत गरेका छन् ।

स्रोतले बताए अनुसार, उपप्रमुख अधिकारीले आफ्नै छिमेकी बिजय सिलवाललाई आर्थिक प्रभावमा परी आफू खुशी मनोमानी गर्दै कानुनी सल्लाहकारमा नियुक्त गरेकी हुन् ।

उनले नियुक्त गरेका सल्लाहकारको अहिलेसम्म नगरबोर्डले केही निर्णय गरेको छैन । तर सल्लाहकारमा नियुक्त भएको कुनै आधिकारीक आधार विनै एक जमात भने बधाई लिने र दिने खालको अभिव्यक्ति दिँदै सामाजिक सञ्जाल सिंगारेका छन् ।

नगरबोर्डले सल्लाहकारको नियुक्ति स्वीकृत गर्न विरोध गरेपछि सो नियुक्तिलाई स्वीकृत गराउन उपप्रमुख अधिकारी बोेर्डका सदस्यहरुलाई दबाब दिन भ्याईनभ्याई भैरहेको स्रोतले बतायो । यस बारे बुझन उपप्रमुख अधिकारीलाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

त्यस्तै कानुनी सल्लाहकारमा नियुक्त भएको भन्दै विजय सिलवालले फेसबुकमा खुशीयाली साट्न समेत भ्याए । उनले आफ्नो खुशी यसरी सामाजिक संजालमा साटेका थिए ।

यस्तो छ सिलवालको स्टाटस
‘गोदावरी नगरपालिकाले मलाइ बिस्वास गरि कानुनी सल्लाहकारको महत्वपुर्ण जिम्मेवारि दिएकामा नगरपालिकालाई धन्यबाद ! तपाइहरुको बिस्वासमा कमि आउन दिने छैन ! मलाइ सहयोग, सदभाब र बधाइ दिने सबैलाइ मेरो तर्फबाट धन्यबाद ! काम गर्ने हो, नगरपालिकाको प्रभाबकारिता र बिस्वासनियतलाइ उचो बनाइ जनतालाइ अधिकारको प्रत्याभुत गराउने कुरामा मेरो भुमिका रहनेछ साथै तपाइहरुको बिस्वासमा कमि आउन दिन छैन ! पुन एक पटक सबैलाइ धन्यबाद!’

प्रतिक्रिया दिनुहोस्