प्रेमिका हत्या गर्ने युवक प्रहरीको खोरमा



पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदिमा फाल्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको छ । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. २ बर्राचौरका २३ वर्षिय विक्रम भन्ने प्रदिप पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले यहि माघ ५ गते बाग्लुङको जैमुनि नगरपालिका वडा न.८ बस्ने वर्ष २२ कि कमला शर्मालाई हत्या गरी पर्वतको बिहादि गाउँपालिका वडा नं. २ बउर स्थिति बाँझो खेतवाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शब भने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ४ घुमाउने स्थित कालीगण्डकीको किनारमा फलेवा परेको थिो ।
माघ ५गते देखी हराई रहेकी कमला माघ १७ गते मृत अवस्थामा फेला परेकि थिईन । पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साविति वयान दिएका थिए ।

अभियुक्त पराजुलीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानको लागी पठाईएकोमा प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटना पर्वतको साबिक बर्राचौर गाविस वडा न.२ हाल विहादि गाउपालिका वडा २ बगर स्थित बाझो खेतमा घटेको पुष्टी भएपछि उक्त मुद्धा दर्ता गर्ने र अनुसन्धान गर्ने क्षेत्राधिकार जिल्ला प्रहरी कार्यालय पर्वतको पर्ने भएको पर्वत प्रहरीमा पठाइएको हो ।

पराजुलीलाई पर्वत प्रहरीको हिरासतमा राखी बयान तथा अन्य थप अनुसन्धानको म्याद थप गरिएको छ । प्रहरी हिरासतमा राख्नको लागी शनिवारदेखि लागु हुने गरी दोस्रो पटक १० दिनको को म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमीरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्