कंगोमा जातीय झडप हुँदा २६ जनाको मृत्यु



किन्सासा, कङ्गो प्रजातान्त्रिक गणतन्त्र कंगोमा शनिबार भएको अन्तरजातीय झगडाका कारण सुरु भएको झडपमा परी कम्तीमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन्।

हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूर्वी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमला गरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालयनिकट स्रोतले जनाएको छ।

आक्रमणका क्रममा केही घरटहरामा आगो लगाइएको बताउँदै अधिकारीले भने घटनामा दर्जनौँ घरहरू जलेका छन्। केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको लडाइँमा कम्तीमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्