विद्रोही समूहले रुसी युद्धक विमान खसाले



दमास्कस । सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ । उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो ।

विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो । सशस्त्र समूहका सदस्यहरुमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए ।

तर झडपकै क्रममा उनको ज्यान गएको थियो । उनीहरुले झडप गरेको र पछि चालक मारिएको तस्विर पनि सामाजिक सञ्जालमा राखिएको थियो । बृटिश स्काई टिभीले भनेको छ– उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो ।

सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाएको थियो । इडलिबमा विगतका केही महिनादेखि नै रुसी विमानले आक्रमण गर्ने गरेको छ । उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थियो ।

सो क्षेत्रमा दुई वर्षमात्र अघि पनि विद्रोहीहरुले नै टर्कीको एक युद्धक विमानमाथि हमला गरेर खसालिदिएका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्