चार वटा प्रदेशको प्रदेशसभा बैठक सुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ । आज बस्ने चारवटै प्रदेशको बैठकमा प्रतिनित्वि गर्ने सबै दलका प्रतिनिधिले मन्तव्य राखेपछि सभा सञ्चालको अन्तरिम कार्यविधि २०७४ पारित गरिनेछ । बैठकले सभामुख र उप–सभामुख चयनको मिति पनि निर्धारण गर्नेछ ।

प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक सुरु भएको छ ।

प्रदेश नम्बर २ को बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले मधेस आन्दोलनमा मृत्यु भएका सहिदको तस्बिर नराखिएको भन्दै विरोध गरेका छन् । उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गरेका छन्।

प्रदेश ५ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले गर्नुभएको नेपाल समाचारपत्रकर्मी यमलाल भुसालले जानकारी दिनुभएको छ । अपराह्न्न १ बजे सुरु भएको उक्त बैठकमा दलका प्रतिनिधिहरुले आफ्नो धारणा प्रस्तुत गर्ने क्रम जारी रहेको बताइएको छ ।
साथै प्रदेश ६ को पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्नुभएको छ भने प्रदेश नम्बर ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्