भारतलाई यु १९ विश्वकप उपाधि



काठमाडौं । ओपनर मन्जोत काल्राको सतकको सहयोगमा भारतले अस्टे«लियालाई ८ विकेटले हराएर आईसीसी यु १९ विश्वकप उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा अस्टे«लियाले ४७.२ ओभरमा २ सय १६ रन बनाएको थियो । जसमा जोनाथन मेर्लोले सर्वाधिक ७६ रन जोडेका थिए ।

भारतले २ सय १७ रनको लक्ष्य ३८.५ ओभरमा दुई विकेट गुमाएर भेटाएको थियो । भारतका लागि काल्रा १ सय १ रनमा नटआउट रहे ।

हार्भिक देसाईले ४७ रनको योगदान दिएका थिए । भारतको यो उमेर समूहको विश्वकपमा चौथो उपाधि पनि हो ।

प्रतिक्रिया दिनुहोस्