गुल्मीका दुबै मृगौला पिडितले कुवँरले गरे सहयोगको अपिल



अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिका ४ पुर्कोट म्यालपोखरीका मृगौला पिडित बसन्त कुवँरले सहयोगको याचना गरेका छन् । पुर्कोट म्यालपोखरी काभ्राका ३५ वर्षिय कुवँरका दुबै मृगौलाले काम गर्न छाडेपछि राजधानी काठमांडौ स्थित त्रि.वि शिक्षण अस्पत्ताल नेप्रो वार्डको बेड नं. ३०९ सी मा उपचाररत छन् ।

उपचारका लागि धेरै रकम लाग्ने भएसँगै उनको आर्थिक अवस्था दयानीय भएकोले उनले सहयोगका लागी अपिल गरेका हुन् । कुवँरका दुइ छोरा छोरी र एक श्रीमती छन् ।

आम्दानीको अन्य श्रोत नभएका उनको काठमाडौंमा महंगोमा उपचार गर्नु पर्ने भएकोले विभिन्न व्यासायिक संस्था, कार्यालय तथा क्लवसँग सहयोगको अपेक्षा गरेको कुवँरका छिमेकी गोविन्द कुवँरले जानकारी दिए ।

उनको उपचारको लागी स्थानिय जनप्रिय युवा क्लव पुर्कोट दहले पनि बसन्त कुवँर बचाउ अभियान सञ्चालन गरिरहेको क्लवका सचिव दिपक जिसीले जानकारी दिए । कुवँरले लामो समय यता गाडी चालक हुन् । परिवारको आर्थिक अबस्था समेत कम्जोर भएकाले उनले गाडी चलाएर परिवार चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्