छमछमीबाट एलेक्सको बिदाई



नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी शो रियो छमछमी ३ बाट यो साता दाङका एलेक्स विकको यात्रा समाप्त भएको छ। कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुँदै हरेक प्रस्तुतिमा निर्णायकबाट बारम्बार शुभकामना र माया बटुल्दै आएका एलेक्सका लागि यो साता दर्शकबाट सोचेजति भोट भने प्राप्त भएन।

चटपटे हिरोको नामले शोमा परिचित एलेक्सले टप ६ राउन्डको प्रस्तुतिमा निर्णायक र अतिथिबाट प्रसंशा बटुले पनि दर्शकबाट उनले प्राप्त गरेको भोटले उनलाई अगाडि लैजान भने सकेन।

शोमा अभिनेत्री स्वेता खड्काको प्रस्तुति एवं सहभागीहरूसँगको वार्तालाप थप रोमाञ्चक बन्यो। लकिङपपिङमा खास क्षमता र सम्भावना बोकेका चकलेटी एलेक्सले शोको प्रतिस्पर्धाबाट बिदा लिनु परे पनि उनका लागि नयाँ सम्भावनाका ढोका खोलिएको रियो छमछमी ३ निर्माण कोर कमिटी सदस्य एवं मिडिया संयोजक रामबाबु अधिकारी बताउँछन्।

छमछमी ३ बाट यात्रा समाप्त भए पनि अन्तर्राष्ट्रियस्तरको उनको गायकी क्षमता प्रदर्शनले प्रभावित अभिनेत्री स्वेता खड्का र निर्णायक महेश गोदारले त उनलाई भविष्यमा आफ्ना फिल्मी प्रोजेक्टमा रोल नै दिने घोषणा गरे। यसका लागि एलेक्स निर्णायक, कोरियोग्राफर, अतिथि कलाकार, भोटदाता र छमछमीको मञ्चप्रति कृतज्ञ छन् र आगामी दिनमा समेत आफू यही क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको बताउँछन्।

टप ६ राउन्डसम्मका सहभागीको रूपमा रहँदा कोरियोग्राफर र निर्णायकहरूबाट धेरै फर्ममा नृत्य सिक्ने राम्रो अवसर पाएको उनले बतए। शोबाट बाहिरिँदै गर्दा उनले ३२ इन्चको एलजी स्मार्ट टीभी पुरस्कारका रूपमा प्राप्त गरे। सुनसरी, धरानकी मनिता राईले भने यस पटक पनि सबभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रूपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ≈याम्पर प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्