स्वराज र देउवाबीच भेटवार्ता, आजै स्वराज स्वदेश फर्किने



काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ट्वीटर मार्फत जानकारी गराएका छन् ।

बिहीबार दुई दिने भ्रमणका लागि वायुसेनाको विमानमार्फत नेपाल आउनुभएकी स्वराजले नेपाल आए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिईन्। बिहीबार राति काठमाडौंको होटल सोल्टीमा एमाले अध्यक्ष ओली सहित उनले अन्य दलका नेताहरु सँग भेट गरिन् ।

एमालेले आयोजना गरेको रात्रीभोजमा सहभागी भएपछि होटल सोल्टीमा नै स्वराजले मधेश केन्द्रित दल संघीय समाजवादी र राजपाका नेतासँग पनि भेट गरेकी थिईन् ।

शुक्रबार बिहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिईन् । स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटने कार्यक्रम रहेको छ । स्वराज आज नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्