१५ दिनभित्र चोरी नरोकिए ललितपुर अन्धकार बनाइदिने कुलमानको चेतावनी



ललितपुर । सबैभन्दा बढी विद्युत चोरी हुने क्षेत्रमा पर्ने ललितपुरमा वर्षौदेखि हुँदै आएको चोरी रोकिएको छैन् । ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भईरहेको भन्दै विद्युत प्राधिकरणले लाईक काटेर अन्धकार बनाइदिने चेतावनी दिएको छ ।

अबको १५ दिनभित्र त्यस क्षेत्रको चोरी नियन्त्रण नभए विद्युत कटौती (ब्ल्याक आउट) गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

संगठित रुपमा विद्युत चोरी भइरहेका क्षेत्रमा ब्ल्याकआउट गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन । ‘विभिन्न प्रयास गर्दा पनि चोरी नियन्त्रण गर्न नसकिएका क्षेत्रमा १५ दिने अल्टिमेटम दिएका छौं ।

त्यो समयमा पनि चोरी नरोकिए ब्ल्याकआउट गर्छौ’ उनले भने । ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्